२०८३ बैशाख ३०, बुधबार | Wed, 13, May, 2026

काेराेनाकाे ‘हटस्पट’ चाैतारा, विभिन्न स्थानमा सिल

  • २०७८ जेष्ठ ५, बुधबार मा प्रकाशित ४ साल अघि
  • जेठ ५, २०७८
    चाैतारा : काेराेना संक्रमित बढ्दै गएपछि चौतारा साँगाचाेकगढी नगरपालिकाका विभिन्न क्षेत्र सिल गरिएको छ ।

    हिजाे मेयर र उपमेयर सहित एकैदिन १४९ जनालाई संक्रमण पुष्टि भएपछि नगरभित्रका विभिन्न क्षेत्र सिल गरिएको हाे।

    चौतारा साँगाचाेकगढी नगरपालिका – १०, ११ र १२ को पूर्वमा कदमवास भैसे, पश्चिममा इन्द्रावती नदी, उतरमा ठूलो सिरुवारी, डडुवा, जल्केनी, कोटडाँडा जानेबाटो र दक्षिणमा बन्देउ क्षेत्र सिल गरिएको हो ।

    उक्त क्षेत्र आज साँझ ५ बजेबाट जेठ १४ गते राति १२ बजेसम्मका लागि सिल गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस