
बैशाख २२, २०७८
चौतारा : कोरोनाको संक्रमण समुदाय स्तरमै फैलिएपछि चौतारा साँगाचोकगढी नगरपालिकाको कुविण्डे र कदमबास शिल गर्ने तयारी भएको छ।
कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि सो क्षेत्रमा शील गर्न नगरपालिकाले सिफारिस गरेको हो।
नगरपालिकाको वडा नं ४ कुविण्डे र वडा नं ९ कदमबास शिल गर्न आज बैशाख २२ गते बसेको नगर स्तरीय कोभिड १९ संकट ब्यवस्थापन समितिको बैठकले जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ।
निर्णयानुसार नगरपालिकाको वडा नं ४ (साबिक कुविन्डे गाविस ५, ६, ७, ८ र ९) र वडा नं ९ कदमबास (साविकका ९ वटै वडा)लाई शील गर्न सिफारिस गरेको छ।
चौतारा बजारमा रहेका खाद्यान्न पसल, फलफुल तथा तरकारी पसल, मेडिकल तथा भेटेरिनरी पसल, निर्माण सामग्रीका पसल बाहेक सबै पसलहरु बन्द गराउन जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिलाई सिफारिस गरेको छ।

प्रतिक्रिया दिनुहोस