२०८३ बैशाख ३०, बुधबार | Wed, 13, May, 2026

यस्तो छ पत्रकार महासंघको निर्वाचन तालिका

  • २०७७ चैत्र ८, आईतबार मा प्रकाशित ५ साल अघि
  • चैत ८, २०७७

    चौतारा : यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको प्रत्यक्ष निर्वाचनका लागि निर्वाचन तालिका सार्वजनिक भएको छ।

    पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमा हुन लागेको महासंघको आइतबार कार्यतालिका सार्वजनिक भएको हो। पत्रकार कपिल काफ्लेको संयोजकत्वमा गठित निर्वाचन समितिले निर्वाचनको तालिका  सार्वजनिक गरेको हो।

    तालिका अनुसार चैत १२ गते बिहान साढे १० बजेदेखि दिउसो ४ बजेसम्म उम्मेदवार मनोनयन गर्ने रहेको छ। 

    महासंघको केन्द्रीय समितिको केहि दिन अघिको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसिएट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको थियो। 

    यस्तो छ कार्यतालिका

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस