२०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

नेपालमा पनि भित्रियाे बर्ड फ्लू

  • २०७७ माघ १७, शनिबार मा प्रकाशित ५ साल अघि
  • माघ १७, २०७७

    काठमाडौं : भारतका विभिन्न राज्यमा देखा परेको बर्ड फ्लू नेपालमा पनि भित्रिएको छ।

    काठमाडौंको तारकेश्वर नगरपालिका- ७ साङ्ले खोला फुटुङका स्थानीय कृषकहरुले पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लू रोग पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार रोग फैलिन नदिनका लागि संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु नष्ट गरिएको छ ।

    १८ सय ६५ वटा हाँस, ६ सय २२ बट्टा, ३२ वटा कुखुरा, २५ वटा टर्की, ५ सय ४२ थान अण्डा र ७५ केजी दाना नष्ट गरिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ। 

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस