२०८३ जेष्ठ २८, बिहिबार | Thu, 11, Jun, 2026

विवादकै बीच सिन्धुपाल्चोकमा मूख्य दलले गर्यो उम्मेदवार सिफारिस

Thumbnail
  • २०७४ आश्विन २४, मंगलबार मा प्रकाशित ८ साल अघि
  • खबरज्योति

    २४ असोज २०७४, सिन्धुपाल्चोक ।

    आशन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका मूख्य दल भित्रै विवाद देखिएतापनि उम्मेदवार सिफारिस गरेको छ ।

    जिल्लामा सक्रिय तीन ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले दुबै तहका प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गरेका छन् ।

    नेपाली कांग्रेस :

    नेपाली कांग्रेस सिन्धुपाल्चोकले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । कांग्रेसले गाउँ र क्षेत्रीय समितिबाट आएका नाममा अझै थप गर्दै केन्द्रमा उम्मेद्वारको सूची पठाएको हो । प्रत्यक्षतर्फ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बाट केन्द्रीय सदस्य समेत रहेका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र सोनामकुमार योञ्जन लामाको नाम सिफारिस गरेको छ ।

    प्रदेशमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बाट भूपेन्द्रबहादुर थापा, बलदेव तिमल्सिना, बालकृष्ण बस्नेत, भोला बोहरा, विष्णुबहादुर खत्री र लक्ष्मी श्रेष्ठको नाम सिफारिस भएको छ ।

    प्रदेशसभा २ मा कृष्णप्रसाद न्यौपाने, भिष्मप्रताप भण्डारी, जंगबहादुर लामा, सर्मिला खड्का र राजेन्द्रकुमार श्रेष्ठसहित ७ जनाको नाम सिफारिसमा परेका छन् । त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ बाट भने कांग्रेस सभापति विकास लामा, तारानाथ दाहाल र आइतमान तामाङको नाम सिफारिस भएको छ ।

    प्रदेशसभा १ का लागि महासमिति सदस्य विकास तामाङ, बिलबहादुर तामाङ, यज्ञप्रसाद दंगाल र टंकबहादुर कार्कीसहित सात जना र २ का लागि पासाङ दोङ, जिमी लामा, मधुसुदन सिग्देल, सागरकुमार श्रेष्ठ र गंगाकुमारी चापागाईसहित सातै जनाको नाम पठाएको छ ।

    केन्द्रका लागि समानुपातिकतर्फ हरिहरण श्रेष्ठ, भोजराज श्रेष्ठ, विनोद मोक्तान, राजेन्द्रमान ताल्चाभँडेल, कान्छा लामा, श्यामबहादुर श्रेष्ठ, चेतकुमार घोरासैनीसहित १४ जना र प्रदेशतर्फ प्रेमध्वज लामा, लीला नेपाल, विष्णुप्रसाद न्यौपाने, ज्ञानु तिमल्सिना, शिव सुनार, मिरा लामा, सुदर्शन आचार्य, इन्द्रलोचन धिताल, कर्मातोप्के लामा, हरिकुमार शर्मा, चित्र मिजारसहित ३७ जनाको नाम सिफारिस गरेको छ ।

    प्रतिनिधिसभाको समानुपातिकतर्फ भने राष्ट्रिय लोकतान्त्रिक अपांग संघ नेपालका केन्द्रीय अध्यक्ष भोजराज श्रेष्ठको सम्भावना बलियो छ । संविधानमै अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चितता गरिएकाले उनी समानुपातितर्फबाट सांसद बन्न सक्ने देखिएको छ ।

    एमालेले पठायो जम्बो टोली

    नेकपा एमाले पनि जम्बो सूचीसहित प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । एमालेले ६६ जना आकांक्षिको सूची पठाएको हो ।

    १४ बुँदे निर्वाचन कार्ययोजनासमेत तयार गरेको एमालेले दुबै तहका निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सूची प्रदेश समितिलाई पठाएको हो । जस अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का लागि प्रत्यक्षतर्फ पोलिटव्यूरो सदस्य अरुण नेपाल र २ मा केन्द्रीय सदस्य तथा सांसद शेरबहादुर तामाङको एकल नाम पठाइएको छ । प्रतिनिधिसभा, समानुपातितर्फ मेघनाथ पौडेल, देवी अधिकारी, कृष्णराज श्रेष्ठसहित ११ जनाको सूची पठाइएको छ ।

    प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १, प्रदेशसभा १ का लागि प्रत्यक्षतर्फ अमृत खड्का, शम्सेर शाक्य र धर्मराजभण्डारी, २ मा सशेर नेपाल, यज्ञराज सापकोटा, तेजबहादुर थापा, टपेन्द्र अधिकारी र नवराज श्रेष्ठलाई सिफारिस गरिएको छ । त्यस्तै निर्वाचन क्षेत्र नं. २, प्रदेशसभा १ तर्फ सुवास कर्माचार्य, इन्द्र लामा, राधिका तिमिल्सिना तथा २ का लागि मित्रलाल चौलागाईं, बालकृष्ण देउजा, धर्मकृष्ण श्रेष्ठ, माधव पाण्डे, उपेन्द्र तामाङ र डोल्मा तामाङको नाम पठाइएको छ ।

    प्रदेशसभा समानुपातिकतर्फ चारवटै प्रदेशसभाबाट बादल तामाङ, पुरुषोत्तम प्याकुरेल, जगन्नाथ आचार्य, बाजुराम गिरी, भुजुङ लामा, डबले लामा, इन्द्रमाया गुरुङ, दोर्जे लामा हाउडेसहित ३५ जनाको सूची पठाइएको एमालेले जनाएको छ ।

    विवादकै बीच माओवादी केन्द्रले पठायो सूची

    नेकपा (माओवादी केन्द्र) ले पनि आकांक्षी उम्मेदवारको सूची प्रदेश कार्यालयमा पठाएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ का लागि प्रत्यक्ष तर्फ पूर्व मन्त्री एवम् सांसद अग्नीप्रसाद सापकोटा, पूर्व सभाषद् राजकुमार श्रेष्ठ र युवा नेता सरल सहयात्री पौडेललाई सिफारिस गरेको छ । त्यस्तै क्षेत्र नम्बर २ का लागि पूर्व सभाषद् दावा तामाङको एकल नाम सिफारिस गरेको छ ।

    प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्र्तगत प्रदेश सभा १ का लागि लालकान्छा तमाङ र देबीबहादुर पराजुली, प्रदेश सभा २ का लागि पूर्व जिल्ला अध्यक्ष एवम् युवा नेता माधब सापकोटा र भोला सापकोटालाई सिफारिस गरेको छ ।

    प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्र्तगत प्रदेश सभा १ का लागि युवा नेता युवराज दुलाल र प्रदेश सभा २ का लागि चन्द्रबहादुर थापा र पेमा ह्योल्मोलाई सिफारिस गरिएको छ ।

    प्रतिनिधिसभा समानुपातिकतर्फ झम्क पराजुली, कृष्णप्रसाद सापकोटा, केशब नेपाल, बलराम बि.क., लमजङ्ग शेर्पा, रामचन्द्र शर्मा र रामप्रसाद सापकोटालाई सिफारिस गरेको छ । प्रदेशसभा समानुपातिकतर्फ नेत्रप्रसाद दंगाल, अमृता नेपाल, रोहिणी बि.क., उधन आलेमगर, श्यामकृष्ण श्रेष्ठ, श्यामसुन्दर श्रेष्ठ, चन्द्र धिमालकोटी, फुर्वा ह्योल्मो, ज्ञानेन्द्रबहादुर गुरुङ, बिष्णुकुमार श्रेष्ठ, गंगामाया तमाङ, राजु खाती, फुर्वा स्याङ्बो, जयराम पराजुली र रामकाजी पौडेललाई सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस