
खबरज्योति
२४ असोज २०७४, सिन्धुपाल्चोक ।
तातोपानी नाका तत्काल खुल्ने वाणिज्य मन्त्री मिन विश्वकर्माले बताएका छन् ।
तातोपानी नाका भूकम्प पछाडि विनासको बाटोमा गएको भन्दै मन्त्री विश्वकर्माले नाका सञ्चालनको लागि आफूले पहल गरिरहेको बताए । ‘भूकम्प पछि चीनको ड्राइपोर्ट र नेपाल जोड्ने पुल पनि भत्कियो’, उनले भने– ‘यो नाका सबैभन्दा प्रभाबकारी र काठमाडौँ जोड्ने छोटो नाका भएको हुनाले हामीले नाका खोल्नुपर्छ भनेर दवाब दियौं ।’
नाका सञ्चालन गर्ने कुरामा चीन सहमत भईसकेको उनले जनाए । भोटेकोशीमा आएको बाढीले सडक कटान गरी असर पुर्यायाएका कारण नाका सञ्चालनमा ढिलाई भएको उनले बताए । तातोपानी नाका सञ्चालनको लागि चीनले ड्राइपोट निर्माण गरिकेको उनले खुलासा गरे ।
‘चीनपट्टिको ड्राइपोट निर्माण गरिसकेकोले दशैं अघिनै हामीलाई बुझाउने पक्षमा चीन थियो’, उनले भने– ‘तर भोटेकोशीमा कटान भएकोले रिटेरिङ वाल लगाउँदैछ ।’ वाल लगाईसकेपछि चीनले नेपाललाई हस्तान्तरण गर्ने उनले बताए । उनले सिन्धुबासीलाई ढुक्क हुन आग्रह गर्दै भने– ‘अब तातोपानी नाका तत्काल खुल्छ ।

प्रतिक्रिया दिनुहोस