२०८३ बैशाख १२, शनिबार | Sat, 25, Apr, 2026

ओली कारबाहीमा परिसके, दलको नेता प्रचण्ड !

  • २०७७ पौष ७, मंगलबार मा प्रकाशित ५ साल अघि
  • पौष ७, २०७७

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक देव गुरुङले पार्टीको तर्फबाट संसदीय दलको नेतामा पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रस्ताव परेको निवेदन संसद् सचिवालयमा दर्ता भइसकेको जनाएका छन्।

    नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बानेश्वरमा गरेको गुट भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरुङले यस्तो बताएका हुन्।

    ‘हिजो मात्रै संसद् सचिवालय उहाँले (केपी ओली) ले संसद् विघटन गर्ने प्रस्ताव गरिसकेपछि दल नेता परिवर्तन गर्नुपर्छ भनेर संसद् सचिवालयमा दल नेताको रुपमा कमरेड पुष्पकमल दाहाललाई प्रस्तावित गरेको छ,’ गुरुङले भने, ‘त्यो कुरा हामीले दर्ता गरिसकेका छौँ। अरु बाँकी प्रक्रियाहरु पार्टी केन्द्रीय समितिको बैठक पछि हुन्छ।’

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस