२०८३ बैशाख २३, बुधबार | Wed, 06, May, 2026

कोरोना संक्रमितको संख्या दुई लाख नाघ्‍यो, एकैदिन थप २६ को मृत्यु

  • २०७७ कार्तिक २६, बुधबार मा प्रकाशित ५ साल अघि
  • कात्तिक २६, २०७७
    चौतारा : नेपालमा बुधबार थप दुई हजार ५६९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५६९ संक्रमित थपिएका हुन् ।

    देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार ६६६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ६२ हजार २४३ जना डिस्चार्ज भएका छन् ।

    देशभर आजसम्म १५ लाख ७४ हजार २९५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर एक हजार १०९ जना क्‍वारेन्टिनमा रहेका छन् । यससँगै कुल संक्रमितको संख्या दुई लाख दुई हजार ३२९ पुगेको छ ।

    संक्रमणबाट देशभर थप २६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १७४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा दुई हजार ५६९ कोरोना भाइरस संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या दुई लाख दुई हजारभन्दा बढी पुगेको छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस