
असोज २४, २०७७
चौताराः जिल्ला बार इकाई सिन्धुपाल्चोकको अध्यक्षमा भुपेन्द्र थिङ अध्यक्षमा निर्वाचित भएका छन्। शनिबार भएको इकाईको ३० औ साधारणसभा तथा १६ औं अधिवेशशनले थिङलाई अध्यक्षमा निर्वाचित गरेको हो।
उनको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा हरि कार्की, सचिवमा शशिनाथ आचार्य, कोषाध्यक्षमा सुनिता तामाङ सर्वसम्मत चुनिए।
सदस्यहरुमा दिपक प्रधान, मधुकर मल्ल, यज्ञप्रसाद दंगाल हरिप्रसाद सुवेदी र चन्द्रकुमार बस्नेत निर्वाचित भए। त्यस्तै झम्कलाल श्रेष्ठ पार्षद चुनिए।

प्रतिक्रिया दिनुहोस