२०८३ कार्तिक १३, शुक्रबार | Fri, 30, Oct, 2026

सरकारले ल्यायो अध्यादेश : एसिड आक्रमण गर्नेलाई २० बर्ष कैद र १० लाख जरिवाना

  • २०७७ आश्विन ९, शुक्रबार मा प्रकाशित ६ साल अघि
  • असोेज ९, २०७७
    काठमाडौँः सरकारले एसिड आक्रमण गर्नेलाई कडा कार्वाहिको गर्नको लागि कानुन संशोधन गर्नका लागि अध्यादेश ल्याएको छ। नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारले अध्यादेश ल्याएको हो।

    बिहिबार बसेको मन्त्रिपरिषद् सिफारिसमा राष्टपतिबाट अध्यादेश जारी गराएर हान्नेमाथि बलियो कानुन ल्याउन लागेको हो। राष्टिपतिबाट अध्यादेश जारी भएपछि अब एसिड आक्रमणबाट मुत्यु भएमा जन्मकैददेखि २० बर्ष कैद र १० लाखसम्मको जरिबान हुनेछ।

    केके हुन्छ कारवाही?

    ‘दुबै आँखा जली वा क्षति भई पूर्ण रुपमा दृष्टि नष्ट भएमा, दुबै कानको जाली वा क्षति भई सुन्ने शक्ति पूर्ण रुपमा नष्ट भएमा, नाक जले वा क्षति भई काम नलाग्ने भएमा, अनुहार पूर्ण रुपमा जली वा क्षति भई कुरुप भएमा, महिला भए दुबै स्तन जली वा क्षति भई काम नलाग्ने भएमा वा कसैको यौनाङ्ग जली वा क्षति भई नासिएमा यस्तो गर्ने गराउनेलाई २० वर्ष कैद र १० लाख जरिवाना’ अध्यादेशमा भनिएको छ।

    यस्तै, एउटा, आँखा, एउटा कान, जली वा क्षति भई काम नलाग्ने भएमा, आंशिक रुपमा अनुहार जली वा क्षति भई कुरुप भएमा, महिला भए एउटा स्तन जली वा क्षति भई काम नलाग्ने भएमा, दुबै हात जली काम नलाग्ने भएमा वा दुबै गोडा पूर्ण रुपमा जलेर काम नलाग्ने भएमा टाउकोको कुनै भाग जली क्षति भएमा वा मेरुदण्ड जली वा क्षति भई काम नलागने भएमा १० देखि २० वर्षसम्म कैद र ७ लाखदेखि १० लाखस्म्म जरिवाना हुनेछ।

    शरीरको अन्य कुनै अंगभंग वा शारीरिक क्षति भएमा कसूरको प्रकृति बमोजिम पाँच वर्षदेखि दश वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुनेछ । एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि उद्योग गरेको मानिनेछ र १० वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना हुनेछ।

    प्रधानमन्त्री ओलीले भदौ २५ भदौमा एसिड आक्रमणमा परेकाहरुसँग भएको छलफलमा एसिड आक्रमण गर्नेविरुद्ध नयाँ कानुन ल्याउने बताएका थिए। सोही अनुरुप सरकारले अध्यादेश ल्याएर नयाँ कानुन ल्याएको हो। एसिड आक्रमणमा परेका पीडितको निःशुल्क उपचार गर्नेसम्म जिम्मा सरकारले लिने भएको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    ↑