
असोज १, २०७७
काठमाडौँः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य भएका छन्। राष्ट्रपति विद्या भण्डारीबाट बिहीबारै मनोनित भएका गौतमले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाबाट सपथ लिएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गएको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई आजै राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन्। राष्ट्रियसभा सदस्यमा सिफारिस भएपछि गौतमले आज अपरान्ह राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबाट शपथ लिएका राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए।
गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। वामदेवले सपथ लिने कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल, संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस