२०८३ बैशाख २३, बुधबार | Wed, 06, May, 2026

मालपोतको सेवा हप्तामा दुईदिन, कुन पालिकाको कहिले?

  • २०७७ आश्विन १, बिहिबार मा प्रकाशित ५ साल अघि
  • असोज १, २०७७
    चौताराः कोरोना भाइरसको जोखिमको कारणले बन्द रहेको मालपोेत कार्यालयले आजबाट सेवा सुरु गर्ने भएको छ। कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सातामा एक पालिकालाई दुई दिनमात्रै सेवा दिने भएको छ।

    एक सुचाना जारी गर्दै भीडभाड कम गर्नका लागि एक पालिकालाई साताको दुई दिनमात्रै सेवा दिने जनाएको छ।

    कुन पालिकाको कहिले?

    आइतबार र सोमबार : मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिका

    मंगलबार र बुधबार : बाह्रबिसे नगरपालिका, भोटेकोसी, लिशंखुपाखर र त्रिपुरासुन्दी गाउँपालिका

    बिहीबार र शुक्रबार : चौतारा साँगाचोकगढी नगरपालिका, जुगल, बलेफि र सुनकोसी गाउँपालिका

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस