२०८३ बैशाख २३, बुधबार | Wed, 06, May, 2026

पहिरो अपडेट : ११ जनाको शव भेटियो, १९ अझै बेपत्ता

  • २०७७ भाद्र २८, आईतबार मा प्रकाशित ५ साल अघि
  • भदौ २८, २०७७
    चौताराः बाह्रबिसे नगरपालिका ७ घुम्थाङमा पहिरो जाँदा पुरिएका मध्ये ११ जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक नवराज न्यौपानले मृतक सबैको सनाखत भएको जानकारी दिए।

    पहिरोमा ज्यान गुमाउनेमा नागपुजे गाउँका भक्तिमाया श्रेष्ठ, ट्याक्से शेर्पा, ज्ञानीमाया प्रधान, भिरखर्क बिक टोलका जुनु बिक, सुकुलाल बिक, सन्देश बिक तथा नेवार टोलका सर्किनी नेवार, धनलाल नेवार, र हिरामाया श्रेष्ठ छन् । दुई जनाको सनाखत हुन बाँकी छ ।

    क्षतिको विवरण संकलन भइरहेको पनि उनले बताए। पहिरोमा पुरिएका १९ जना अझै बेपत्ता छन् ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस