२०८३ बैशाख १३, आईतबार | Sun, 26, Apr, 2026

शिशुको पनि उपचारका लागि काठमाडौँ लादै गर्दा मृत्यु

  • २०७७ भाद्र २५, बिहिबार मा प्रकाशित ५ साल अघि
  • भदौ २५, २०७७
    चौताराः जुगल गाउँपालिका ५ मा एक महिलाको घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ। साविक बराम्ची डाँडाथोकका ४३ वर्षिया सन्चमाया तामाङको मृत्यु भएको हो।

    उनको गर्भमा रहेको ८ महिनाको बच्चा भने जिवितै भेटिएपनि उपचारका क्रममा काठमाण्डौं लैजाने क्रममा मृत्यु भएको वडाध्यक्ष सनत अधिकारीले जानकारीले जानकारी दिए।

    र, यो पनिः लडेर आमाको मृत्यु, पेटभित्रको बच्चा जिवितै

    स्थानीयका अनुसार भीरबाट लडेर महिलाको पेट फुटेको थियो। पेट फुटेपछि घटनास्थलमा आमा र शिशु छुट्टाछ्ट्टै स्थानमा फेला परेका थिए। करिब १ मिटरको दुरीमा आमा र बच्चा भेटिएकोे थियो । घटनाबारे जानकारी पाएपछि उपचारका लागि काठमाण्डौं लैजादै गर्दा बाटोमा बच्चाको मृत्यु भएको हो।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस