२०८३ बैशाख ३०, बुधबार | Wed, 13, May, 2026

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, प्रवेश नाकामा कडाई

  • २०७७ भाद्र २४, बुधबार मा प्रकाशित ५ साल अघि
  • भदौ २४, २०७७
    चौताराः काठमाडौं उपत्यकामा बुधबार राति १२ बजेदेखि निषेधाज्ञा खुकुलो हुने भएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।

    यससँगै उपत्यकामा सवारीसाधन सञ्‍चालनमा जोर/बिजोर लागु हुने जनाइएको छ । यससँगै काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरिनेसमेत जनाइएको छ ।

    उपत्यकामा तेस्रोपटक थपिएको निषेधाज्ञाको समयसीमा बुधबार मध्यरात १२ बजे सकिँदै छ । भदौ ३, १० र १७ गते कोरोना संक्रमणको जोखिम बढेको भन्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

    शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नभइन्जेल बन्द नै रहने छन् । निषेधाज्ञा हटाएसँगै काठमाडौँ प्रवेश नाकामा कडाई गरिने भएको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस