
भदौ २४, २०७७
चौताराः देशभर अहिले मौसम बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनको न्युन चापिय रेखा औसत भन्दा केहि माथि उठेका कारण त्यसको असर नेपालमा पनि देखिएको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले बताइन्। आज दिनभर नै देशका धेरैजसो स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने उनले बताइन्।
मौसमविद् नगरकोटीका अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशमा तुलनात्मक रुपमा असर कम देखिनेछ। प्रदेश नम्बर एक, दुई, बागमती , गण्डकी र पाँच नम्बर प्रदेशका केहि स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।
गए रातीदेखि थप सकृय बनेको मौसम अबको तीन दिनसम्म यस्तै रहने महाशाखाले अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस