२०८३ कार्तिक १०, सोमबार | Mon, 26, Oct, 2026

जापानमा बस दुर्घटना: १० नेपाली घाइते ५ को अवस्था गम्भीर

Thumbnail
  • २०७४ आश्विन ९, सोमबार मा प्रकाशित ९ साल अघि
  • एजेन्सी

    ९ असोज २०७४, जापान ।

    जापानमा आइतबार साँझ भएको बस दुर्घटनामा १० नेपाली घाइते भएका छन् ।

    घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । उनीहहरुको साइतामा विश्वविद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ । आईपीएल कम्पनीको बस खावागोय नजिकैको कामुदामा दुर्घटनामा परेको हो ।

    घाइते हुनेमा मीना केसी (रुपन्देही), मीना श्रीश मगर (रुपन्देही), लक्ष्मी चालिसे सुवेदी (बाग्लुङ), रितुरणपाल दर्नाल र कमला नेपाली रहेका छन् । मीना श्रीश मगर बस्न नसक्ने गरी गम्भीर घाइते छिन् ।

    दुर्घटनामा घाइते भएका २२ जना मध्ये १० नेपाली र अन्य चिनीयाँ, भियतनामी र फिलिपिन्सी छन् ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    ↑