२०८३ बैशाख २३, बुधबार | Wed, 06, May, 2026

उपत्यकामा थप एक साता निषेधाज्ञा

  • २०७७ भाद्र १७, बुधबार मा प्रकाशित ५ साल अघि
  • भदौ १७, २०७७
    काठमाडौंः काठमाडौं उपत्यकाका तीन जिल्लामा दुई सातादेखि जारी निषेधाज्ञा एक सातालाई थप गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले दैनिक जीवनलाई केही सहज बनाउने गरी निषेधाज्ञा थपेका हुन्।

    ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले यसबारेमा औपचारिक सूचना एक घण्टापछि जारी गरिने जानकारी दिए।

    काठमाडौं उपत्यकाभित्र दोस्रो पटक थप गरिएको निषेधाज्ञाको समय आज राति १२ बजेबाट सकिँदैछ। काठमाडौं उपत्यकामा कोरोना संक्रमणको संख्या बढेपछि निषेधाज्ञा गरिएको थियो। मंगलवार तीनवटै जिल्ला प्रमुख जिल्ला अधिकारीको भर्चुअल मिटिङले विभिन्‍न विकल्पसहित सहमतिमा निषेधाज्ञाको मोडालिटी गृहमा पठाइएको थियो।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस