२०८३ बैशाख २३, बुधबार | Wed, 06, May, 2026

गठ्ठाघरमा कोरोनाबाट एक महिलाको मृत्यु

  • २०७७ भाद्र १२, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • भदौ १२, २०७७
    भक्तपुरः भक्तपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मध्यपुर थिमि–३, गट्ठाघरकी ६४ वर्षिया महिला छिन्।

    गट्ठाघरस्थित नागरिक अस्पतालमा हिजो मृत्यु भएकी ती महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो।

    ती महिलाको हिजो अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताए।

    मृत्यु पछि स्वाव संकलन गरी परीक्षण गर्दा आज बिहान कोरोना संक्रमण पुष्टि भएको मिजारले बताए। मृतक महिलाको शव व्यवस्थापनको कार्य भइरहेको उनले जानकारी दिए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस