२०८३ कार्तिक १२, बिहिबार | Thu, 29, Oct, 2026

कांग्रेस क्षेत्रीय सभापति बस्नेतविरुद्ध पक्राउ आदेश

  • २०७७ भाद्र ४, बिहिबार मा प्रकाशित ६ साल अघि
  • भदौ ४, २०७७
    चौताराः नेपाली कांग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलाई पक्राउ गर्न आदेश दिएको छ। अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता सभापती बस्नेतलाई पक्राउ गर्न आदेश दिइएको छ।

    सभापति बस्नेतले मादक पदार्थ सेवन गरि बाह्रबिसे नगरपालिकाका कर्मचारी लालबहादुर तामाङमाथि दुव्र्यवहार र जुरे क्रसरमा तोडफोड गरेको आरोपमा पक्राउ आदेश भएको हो।

    नगरपालिकाका कर्मचारी तामाङ र जुरेस्थित सुनकोशी इन्फा प्रालिका सञ्चालक कृष्ण क्षेत्री र सोही क्रसर सम्बद्ध गाडीका केही मजदुरहरुले गरेको उजुरीका आधारमा बस्नेतलाई पक्राउ पुर्जी जारी भएको छ।

    प्रहरीले प्रमुख जिल्ला अधिकारी उमेश ढकालबाट बस्नेतलाई पक्राउ गर्ने आदेश दिएका हुन्। उनी स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट बाह्रविसे नगरपालिका मेयरमा चुनाव लडेका थिए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    ↑