२०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

कोरोना संक्रमण बढ्यो : एकैदिन १०१६ जनामा पुष्टि, ७ को मृत्यु

  • २०७७ भाद्र २, मंगलबार मा प्रकाशित ५ साल अघि
  • भदौ २, २०७७
    चौताराः नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन्। गत माघमा चीनबाट फर्किएका पहिलो संक्रमित भेटिए यताकै सबैभन्दा धेरै एकै दिन एक हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा देशभर १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्‍वर गौतमले जानकारी दिए। यो संख्या नेपालमा एकै दिन भेटिएको अहिलेसम्मकै सर्वाधिक हो।

    काठमाडौं उपत्यकामा पनि अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन्। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २०५ नयाँ संक्रमित थपिएका छन्। जसअनुसार काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित भेटिएका छन्। पछिल्लो २४ घण्टामा देशभर ७ जनाले ज्यान गुमाएका छन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस