२०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

आजबाट सिन्धुपाल्चोकमा पुनः लकडाउन

  • २०७७ भाद्र १, सोमबार मा प्रकाशित ५ साल अघि
  • भदौ १, २०७७
    चौताराः सिन्धुपाल्चोक जिल्लामा आजबाट फेरि लकडाउन हुने भएको छ। कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउन आजबाट फेरि लकडाउन गरेको हो।

    आजबाट अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन नपाउने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। कारोनाको जोखिम बढेको हुनले लकडाउन गर्न बाध्य भएकाले त्यसको पालना गर्न सर्वसाधारणलाई अनुरोध समेत गरेका छन्।

    योसँगै अब सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउन पाउनेछन् सार्वजनिक सवारी साधन, होटल तथा रेष्टुरेन्ट, विद्यालय, सभा, गोष्ठी, तालिम सेमिनार, प्रदर्शन, शैलुनलगायत बन्द हुने उनले बताए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस