२०८३ भाद्र २८, आईतबार | Sun, 13, Sep, 2026

सिन्धुपाल्चोक पहिरो अपडेटः १० जनाको शव फेला

  • २०७७ श्रावण १९, सोमबार मा प्रकाशित ६ साल अघि
  • साउन १९, २०७७
    चौताराः सिन्धुपाल्चोकको छुट्टाछुट्टै दुई स्थानमा पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ। आइतबार राति मेलम्ची नगरपालिका–११ मा पुरिएर बेपत्ता भएका ८ जनाकै शव फेला परेको छ।

    कर्भडल निर्माणमा खटिएका कामदार बसेको घर पहिरोले पुर्दा नौजना बेपत्ता भएका थिए। जसमध्ये एकजनाको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए।

    उद्धार गरिएको भारतीय नागरिक बारु साह रहेका छन्। उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको हेम्स अस्पिटल ल्याइएको छ।

    पहिरोमा पर्साको वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदिप चौरसिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र भारतीय नागरिक राजेन्द्र चौधरी पहिरोमा पुरिएका थिए।

    यसैबीच, पाँचपोखरी थाङपाल गाउँपालिका–२ बरुवामा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ। राति सुतिरहेका बेला आएको पहिरोले घर पुर्दा ४८ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मीको मृत्यु भएको गाउँपालकिा अध्यक्ष टासी लामाल जानकारी दिए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस