२०८३ बैशाख २१, सोमबार | Mon, 04, May, 2026

आइतबार थपिए १३० कोरोना संक्रमित

  • २०७७ श्रावण ११, आईतबार मा प्रकाशित ५ साल अघि
  • साउन ११, २०७७
    चौताराः नेपालमा आइतबार कोरोना भाइरस (कोभिड १९) का १ सय ३० जना नयाँ संक्रमित थपिएका छन्। आइतबार ३ हजार ३ सय जनाको पिसिआर परीक्षण भएकोमा १ सय ३० जनामा कोरोना पोजेटिभ देखिएको हो।

    हालसम्म देशभर १८ हजार ६ सय १३ जना कोरोना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

    संक्रमितमध्ये १३ हजार १ सय २८ जना निको भएर घर फर्किएका छन्। आइतबार ७५ जना संक्रमित निको भएर घर फर्किएका छन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस