२०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

गाउँपालिकाले भन्योः पाँचपोखरी मेला नगर्नू

  • २०७७ श्रावण ६, मंगलबार मा प्रकाशित ६ साल अघि
  • साउन ६, २०७७
    चौताराः जनैपूर्णिमाको अवसरमा लाग्ने पाँचापोखरी मेला नगर्नका लागि पाँचपोखरी थाङपाल गाउँपालिकाले आग्रह गरेको छ। विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड १९) को त्रासको कारणले मंगलबार एक सुचना जारी गर्दै पाँचपोखरी मेला नगर्न आग्रह गरेको हो।

    हरेक बर्ष जनैपूर्णिमाको अवसरमा एक हप्तासम्म चल्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक एवम् पर्यटकिय स्थलमा मेला नगर्न गाउँपालिकाले आग्रह गरेको छ। पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेको छ । गाउँपालिकाको बैठकले यो वर्ष जनैपूर्णिमाको दिन लाग्ने मेला तथा जात्रा नगर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिए।

    यो वर्षको जनैपुर्णिमा साउन १९ गते परेको छ । पालिकाले मानिसको भिडभाड हुदाँ कोरोना संक्रमण फैलन अझ मद्दत पुग्ने भएको भन्दै यो वर्षको मेला नगर्न र सहभागि नहुन सबैलाई आग्रह गरेको हो ।

    विभिन्न जिल्लाबाट सर्वसाधरणहरु भेला भर्न पुग्ने गरेका थिए । समुन्द्री सहतबाट करिब ४ हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना ठूलो गरी ५ वटा ताल रहेका छन् ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस