२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

६ महिनादेखि बन्द रसुवागढी नाका सञ्चालनमा

  • २०७७ अषाढ २३, मंगलबार मा प्रकाशित ५ साल अघि
  • असार २३, २०७७
    चौताराः कोरोना भाइरसका कारण बन्द रहेको रसुवागढी नाका सञ्चालनमा आएको छ । ६ महिनासम्म बन्द रहेको नेपाल–चीन रसुवागढी नाका सोमबारबाट एकतर्फी सञ्चालनमा आएको हो ।

    चिनियाँतर्फबाट मितेरी पुलमा सामान ल्याइदिएपछि औपचारिक रुपमा नाका सञ्चालनमा आएको रसुवागढी भन्सारका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए ।

    चीनबाट नेपालमा सामान आउने तर, नेपालबाट चीनमा कुनै पनि सामान नजाने हिसावले दुई देशबीच व्यापार सुरु गर्ने सुरक्षा मापदण्डमा समझदारी बनेपछि नाका खुलेको हो ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस