२०८३ बैशाख १५, मंगलबार | Tue, 28, Apr, 2026

प्रेस संगठनको ठहरः सुरक्षा चौघेरमा पनि सञ्चारमाध्यम असुरक्षित

  • २०७७ अषाढ १५, सोमबार मा प्रकाशित ५ साल अघि
  • असार १५, २०७७
    चौताराः प्रेस संगठन नेपाल जिल्ला शाखा, सिन्धुपाल्चोकले सुचना सुसुचित गर्ने सञ्चारमाध्यम समेत सुरक्षित नभएको ठहर गरेको छ। गएराती भएको रेडियो हेलम्बु तोडफोडको घटनालाई लिएर एक विज्ञप्तीमार्फत यस्तो ठहर गरेको हो।

    संगठनका संयोजक विदुर आचार्यद्धारा जारी विज्ञप्तीमा भनिएको छ, देशको यस बिषम परिस्थितीमा पनि खटर जनसमुदायलाई सुसुचित गर्ने सञ्चारमाध्यममा तोडफोड हुनु निन्दनीय छ। जिल्ला सदरमुकाममा सुरक्षा निकायको चौघेरमा रहेको रेडियो तोडफोड हुुनुले सम्पूर्ण सञ्चारमाध्यम सुरक्षित छैन भन्ने प्रष्ट हुन्छ।

    घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल दोषिलाई कडा कार्वाहि गर्न माग समेत गरेको छ। रेडियोमा गएराती मदिरा सेवन गरि स्थानीय भोजबहादुर थापाले बञ्चरोले रेडियोको ढोका तोडफोड गरेका थिए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस