२०८३ बैशाख १५, मंगलबार | Tue, 28, Apr, 2026

प्रेस युनियनले भन्योः सुरक्षा घेराभित्र भएका सञ्चारमाध्यम नै सुरक्षित छैनन्

  • २०७७ अषाढ १५, सोमबार मा प्रकाशित ५ साल अघि
  • असार १५, २०७७
    चौताराः नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोकले सदरमुुकामका बाक्लो सुरक्षा घेराभित्र रहेको सञ्चारमाध्यम सुरक्षित नभएको बताएको छ। रेडियो हेलम्बुमा गएराती भएको तोडफोडको घटनालाई लिएर सोमबार एक विज्ञप्ती जारी गर्दै यस्तो बताएको हो।

    प्रेस युनियनकी जिल्ला अध्यक्ष दुर्गा आचार्यद्धारा जारी विज्ञप्तीमा भनिएको छ, सदरमुकाममै बाक्लो सुरक्षाको घेराभित्र भएको तोडफोडले सञ्चारमाध्यमहरु सुरक्षित छैनन् भन्ने कुरा स्पष्ट पारेको छ। युनियन तोडफोडको सत्य छानविन गरि दोषिलाई कडा कार्वाहिको माग गर्दछ। साथै रेडियोमा भएको क्षतिको एकिन विवरण सार्वजनीक गराई आवश्यक क्षतिपूर्ती लागि सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ।

    चौतारा साँचागोकगढी नगरपालिका ५ स्थित सदरमुकाममा रहेको रेडियो हेलम्बुमा गएराती मदिरा सेवन गरि स्थानीय भोजबहादुर थापाले बञ्चरोले रेडियोको ढोका तोडफोड गरेका थिए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस