२०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

तराईबाट पहाड उक्लियो सलहः कसरी गर्ने नियन्त्रण?

  • २०७७ अषाढ १४, आईतबार मा प्रकाशित ५ साल अघि
  • असार १४, २०७७
    चौताराः दक्षिणबाट उत्तरतर्फ चलेको हावाका कारण भारतबाट नेपालमा छिरेको सलहको समूह तराईका जिल्लाबाट विस्तारै पहाडतर्फ उक्लिन थालेका छन्।

    शनिबार दिउँसो तराई मधेसका बारा, पर्सा, सर्लाही, रुपन्देही र कपिलवस्तुसहितका जिल्लामा देखिएको सलह कीराको समूह अपरान्हपछि पहाड उक्लन थालेका हुन्।

    शनिबार साँझसम्म भित्री मधेसको सिन्धुलीसहितका जिल्लामा पुगेका सलहको समूह रामेछाप, काभ्रेसहितका पहाडी जिल्लामा पनि पुगिसकेका कृषि मन्त्रालयले जनाएको छ।

    धेरै ठूलो संख्यामा नरहेकाले क्षतिको पनि सानो हुने अनुमान कृषि मन्त्रालयले गरेको छ।

    कसरी नियन्त्रण गर्ने?
    १. हुललाई तितरबितर पार्ने(आगो बाल्ने,धुवा उडाउने आदि।
    २. प्राकृतिक सिकारीको प्रयोग( हाँस, माकुरा, छेपारो आदि ( हाँसले प्रतिदिन २०० जतिको सङ्ख्यामा कीरा खान्छ।)
    ३. ध्वनिको प्रयोग गर्ने (थाल ठटाउने, स्पिकर बजाउने आदि) ४. प्रजनन गर्न सक्ने ठाउँ नष्ट गर्ने।
    ५. कीटनाशकको प्रयोग, जैविक समेराटाईजियम ,रसायनिक मालाथिन, फेनिट्रोथिन, डाईजिनन र फिप्रोनिल,बोरिक एसिड आदि।
    ६. लसुन र पानीको घोल बनाएर छर्किनाले यसको केही मात्रमा नियन्त्रण गर्न सकिन्छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस