
खबरज्योति
१० असोज २०७६ सिन्धुपाल्चोक
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जिल्लाको दुर्गम भेग भनेर चिनिने हेलम्बु गाउँपालिकामा घुम्ति शिबिर मार्फत २ सय ५८ जनालाइ नागरिकता बितरण गरेको छ । हेलम्बु गाउँपालिकाको प्राबिधिक सहयोगमा जिल्ला प्रशासन कार्यालयले घरदौलोमै गएर सेवा दिएको हो ।
बिहिवार र शुक्रवार सञ्चालन भएको शिबिरमा १ सय १६ महिला १ सय ४२ पुरुषले नागरिकता लिएका हुन् । उक्त शिबिरमा २ सय २७ नागरिकले मतादाता नामावलिमा आफ्नो नाम दर्ता गराएका छन् । प्रमुख जिल्ला अधिकारी गोमादेबि चेमजाङको नेतृत्वमा गएको टोलिले नागरिकता बितरण गरेको हो । धुम्ति शिबिरबाट १ सय ७० जनाले निःशुल्क श्वास्थ्य परिक्षण गराएका छन् ।
यस्तै २ सय ९० जनाले कृषि परामर्श तथा बिउबिजन प्राप्त गर्नुको साथै १ सय ४० जानालाई पशुसेवा उपलब्ध गराइएको हेलम्बु गाउँपालिकाले जनाएको छ । संघियताको उपहार स्वरुप नागरिकलाइ घरलौलोमा सेवा उपलब्ध गराइएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस