विदुर गिरी/ चाैतारा । राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोकको प्रथम जिल्ला अधिवेशनमा सभापति पदकाे लागि एक जेनजी अनुहार सहित ५ जनाकाे उमेदवारी परेकाे छ । उमेदवारी दर्ता गराउनेहरुमा कमला खड्का , माया गुरुङ , कुमार श्रेष्ठ , पासाङ तामाङ र दिलराम श्रेष्ठ रहेकाछन् ।
यस्तै उपसभापतिमा सराेजा श्रेष्ठ , मुके शेर्पा , निमा याङ्जेन लामा रहेका छन् भने सचिव पदमा राजिव हमाल निर्विरोध भएका छन् ।
सभापति पदकाेलागि जेपि सिल्वालकाे बलियाे दावेदारी रहने हल्लाका विच रास्वपाकाे विधानले उनिलाइ उमेदवार हुन राेकेकाे छ । विधान अनुसार एक व्यक्ति एक पदमा मात्रै रहन पाउने भएपछि केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका सिल्वाल आफु पछि हट्दै जेनजि उमेदवार कमला खड्कालाइ मैदानमा उतारेकाछन् ।
यस्तै प्रतिनिधि सभाकाे निर्वाचनको टिकट नपाए पनि पार्टी राजनितिमा खासै सक्रिय नदेखिएकि पुर्व जिल्ला सभापति माया गरुङ पुनः सभापतिकाे लागि उमेदवारी दर्ता गराएकि छिन् । हिजाे सम्मन प्रतिनिधि समेत नरहेकाे व्यक्तिलाइ उमेदवार बनाएकाे भन्दै गुरुङकाे विरुद्धमा उजुरी समेत परेकाे पाईएकाे छ ।
´´जान्निलाइ छान्नि पार्टीमा प्रतिनिधिनै नरहेकाे व्यक्ति कसरी उमेदवार हुन याेग्य भयाे ? “ रास्वपा हेलम्बुका सभापति दिनेस थापाले निर्वाचन समिति समक्ष जिज्ञासा राखेकाे बताए । पार्टी भित्र नाे भाेट अभियानकाे विरुद्धमा आफुले कमला खड्कालाई अगाडि सारेकाे रास्वपा नेता जेपि सिल्वालले बताए ।
पुर्व सभापति गुरुङकाे विरुद्धमा उजुरी पर्नु , अन्य उमेदवारहरु खासै चिनियका अनुहार नहुनु र सभापतिकाे दाैडमा रहेका सिल्वालकाे समेत बलियाे साथ पाएकाले जेनजि उमेदवार कमला खड्कालाई अन्य उमेदवारकाे तुलनामा सहजता देखिन्छ । आकाङ्क्षी हरुका विचमा सहमति हुन नसकेपछि शुक्रबार चाैताराकाे आलडाँडामा बिहान ८ बजेबाट निर्वाचन हुने साजनितिक सहजिकरण समितिका संयाेजक विजय नेपालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस