
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइएको छ। जेन–जी आन्दोलनका क्रममा जेलबाट निस्किएको विषयमा पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष बयानका लागि उनलाई ल्याइएको हो।
आयोगले कारागारका जेलरलाई पनि बोलाएर बयान लिइसकेको छ। वभिन्न सहकारीको रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने कारागारबाट बाहिरिएपछि देशभर अधिकांश कारागारबाट कैदीबन्दी भागेका थिए।

प्रतिक्रिया दिनुहोस