२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

भयानक होला भनेर सुरु गरेको यात्रा समाप्त भयो, खासै दुखेसो छैन : रामकुमारी झाँक्री

ramkumari-jhakri-pic
  • २०८२ कार्तिक १९, बुधबार मा प्रकाशित ४ महिना अघि
  • काठमाडौं। नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले भयानक होला भनेर सुरु गरेको यात्रा समाप्त भएको बताएकी छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एमाले फर्किने निर्णय गरेकी नेतृ झाँक्रीले यस्तो बताएकी हुन्।

    पत्रकार सम्मेलनमा झाँक्रीले भनिन्, ‘प्रारम्भका दिनमा भयानकै अभियान चल्छ होला भन्ने विश्वासले लागेका थियौं। त्यो अभियान सकिएको छ। हाम्रो अध्याय टुंगिएको छ। पार्टी विघटन भएको छ।’

    नेतृ झाँक्रीले समाजवादी पार्टीसँगको यात्रा टुंगिदै गर्दा खासै दुखेसो नलागेको बताइन्। उनले समाजवादी पार्टी सँगको यात्रा नयाँ पार्टी विघटन सँगसँगै सकिएको दाबी गरिन्। उनले समाजवादी पार्टी सँगको यात्रा गलत हो भन्ने थाहा हुँदाहुँदै पनि सुधार गर्नका लागि केहि जिम्मेवारी भएकाले छोड्न नसकेको भन्दै अहिले यो यात्रा टुगिंएको जानकारी दिइन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस