काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका क्षेत्रका करिब एक दर्जन युवा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्।
उनीहरूले काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर राप्रपाको औपचारिक सदस्यता लिएका हुन्। सदस्यता कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले उनीहरूलाई पार्टीमा स्वागत गर्दै शुभकामना व्यक्त गरेका थिए।
पार्टी विस्तार र संगठन सुदृढीकरण अभियानअन्तर्गत युवाहरूको बढ्दो आकर्षणले राप्रपालाई थप ऊर्जा मिलेको अध्यक्ष लिङदेनले बताए।

प्रतिक्रिया दिनुहोस