२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

भाेटेकाेशीकाे जङ्गलमा १६ वर्षीया किशोरीको शव फेला, अनुसन्धान गर्न कुकुर परिचालन

  • २०८२ अषाढ ११, बुधबार मा प्रकाशित ८ महिना अघि
  • चाैतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ कोलगाउँस्थित जङ्गलमा किशोरीको शव भेटिएको छ । कोलगाउँका पदम बहादुर तामाङको छोरी १६ वर्षीया निशा तामाङ घरबाट करिब ४ सय मिटर पर जंगलम मृत भेटिएकी हुन् ।

    छ्यादीखोला जंगलको खोल्सामा भेटिएको शवबारे अनुसन्धान सुरु गरिएको सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले बताए । एसपी कार्की घटनास्थलमा पुगेका छन् ।

    घटनाबारे अनुसन्धान गर्न काठमाडौँबाट तालिमप्राप्त कुकुर पठाइएको छ । प्रहरी प्रधान कार्यालय स्थित केनाइन कार्यालयका इन्स्पेक्टर कृष्ण बस्नेतको कमान्डमा दुई वटा तालिम प्राप्त कुकुरलाई घटनास्थलमा परिचालन गरिएको छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस