२०८३ बैशाख २३, बुधबार | Wed, 06, May, 2026

चाैतारा साँगाचाेकगढी नगरपालिका -१३ मा चालू आ.ब मा १७ कराेड बढीका आयाेजना सम्पन्न

  • २०८१ अषाढ २३, आईतबार मा प्रकाशित १ साल अघि
  • असार २३/चाैतारा

    चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नं १३ ले सार्वजनिक सुनुवाइ मार्फत वडाले बर्षभरिमा गरेकाे गतिविधि बारे सराेकारवालाहरुलाइ जानकारी गराएकाे छ ।

    आइतबार ठुलाेसिरुवारीमा भएकाे सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाध्यक्ष रामप्रसाद गाैतमले आ.ब २०८०/०८१ मा वडामा सञ्चालन भएका आयाेजनाहरुकाे फेरिस्ता वडावासी र सञ्चारकर्मी सामु सार्वजनिक गरेकाथिए ।

    आ.ब ०८०/८१ मा १३ नं वडाले संघिय सरकारबाट ८० लाख ,प्रदेश सरकारबाट १४ कराेड ६० लाख , नगरपालिकाबाट १ कराेड ७२ लाख र वडाकाे बजेट गरि कुल १७ कराेड सन्तानब्बे लाख रुपैयाकाे याेजनाहरु सम्मन्न गरिएकाे वडाध्यक्ष गाैतमले जानकारी दिए ।

    वडाले भाैतिक निर्माणलाइ मात्र नभएर वडावासीलाइ जिविकाेपार्जनमा जाेड्ने उदेश्यले पशुपालन तथा सीप विकास कार्यक्रमहरुमा पनि जाेड दिएकाे वडाध्यक्ष गाैतमले बताए । वडावासीकै सुझावलाइ मध्येनजर गर्दै वडाले छनाेट गर्ने कार्यक्रमहरुलाइ अझै परिस्कृत गर्दै लाने उनिले प्रतिबद्धता जनाए ।
    वडा सरकार घरदैलाेकाे सरकार भएकाे बताउदै वडावासीकाे सानातिना समस्याहरुलाइ समेत ध्यान दिएर अगाडि बड्न सहभागीहरुले सुझाएकाथिए । नागरिकलाइ प्रत्यक्ष लाभ हुने र आय आर्जनमा टेवा पुग्ने खालकाे दिर्घकालिन याेजना अगाडि ल्याउन सहभागी वडाबासीहरुले जनप्रतिनिधिहरुलाइ सुझाव दिएका थिए ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस