
खबरज्योति
२४ पौष २०७४, दोलखा ।
उच्च जनमुखी बचत तथा ऋण सहकारी संस्था दोलखा जिरी १ श्यामाले १० औं वार्षिक साधारणसभा गरेको छ ।
शनिबार सम्पन्न भएको साधारणसभामा संस्थाका अध्यक्ष सूर्यबहादुर कार्कीले १ करोड ४ लाख बराबरको आर्थिक प्रतिवेदन सहित भाबि कार्ययोजना र रणनिती प्रस्तुत गरेका थिए ।
१० औं वार्षिक साधारण सभामा कार्यक्रमका प्रमुख अतिथि एवम् जिरी नगरपालिकाका– १ का वडा अध्यक्ष लाक्पा शेर्पा, विशेष अतिथि एवं सेतिदेवी आधारभूत विद्यालय जिरी नगरपालिका– २ श्यामाका शिक्षिका साबित्री कार्की लगायतले शुभकामना व्यक्त गरेका थिए ।
साधारण सभामा संस्थाको सञ्चालक समितिको प्रतिबेदन संस्थाका सचिव रुद्रबहादुर कार्कीले प्रस्तुत गरेका थिए भने संस्थाले आर्थिक वर्ष २०७३÷०७४ मा ९० हजार २ सय ३१ नाफा कमाएको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थामा ५ सय ५७ सदस्य रहेको सस्थाका अध्यक्ष सूर्यबहादुर कार्कीले जानकारी दिए ।
संस्थाले विभिन्न विधामा शेयर सदस्य, उत्कृष्ठ ऋणी कृष्णमाया विक, एसईई परीक्षामा उर्तीण छात्र छात्रालाई नगद पुरस्कार तथा प्रशंसा पत्र सहित समान गरेको छ ।

प्रतिक्रिया दिनुहोस