२०८३ बैशाख १२, शनिबार | Sat, 25, Apr, 2026

सिन्धुपाल्चोक २ मा मोहन बस्नेतको अग्रता, पछि परे शेरबहादुर तामाङ

  • २०७९ मंसिर ६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • मंसिर ६, २०७९

    चौतारा। सिन्धुपाल्चोकका दुवै प्रतिनिधि सभा सदस्यको मतगणना जारी छ ।

    सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम छ ।

    जारी मतगणनामा बस्नेतले दुई हजार दुई सय ३६ मत प्राप्त गरेका छ भने उनका प्रतिस्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले एक हजार दुई सय ८६ मत प्राप्त गरेका छन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस