२०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

शरदको आह्वान : वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनुस्

  • २०७९ आश्विन २४, सोमबार मा प्रकाशित ३ साल अघि
  • असोज २४, २०७९

    चौतारा । नेकपा माओवादी केन्द्रका नेता तथा सिन्धुपाल्चोक प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ (१)का उम्मेदवार युवराज दुलाल शरदले आफ्नो क्षेत्रको विकास र जनसेवाको सुस्पष्ट योजनाका लागि लागिपर्ने प्रतिबद्धता जाहेर गरेका छन््।

    उम्मेदवारी दर्ता गरेपछि उनले प्रतिनिधि सभा २ को समग्र विकासमा लाग्ने प्रतिबद्धता गरेका हुन्। आफू प्रतिनिधिसभामा उठ्न चाहेको भएपनि वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेको उल्लेख गरेका छन्।

    उनले फेशबुकमा लेखेका छन्, ‘सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं. २ र प्रदेश सभा क्षेत्र नं. २ मा माओवादीको उम्मेदवारी नभएका कारण र त्यस क्षेत्रमा मलाई आफ्नो प्रतिनिधिको रुपमा देख्न चाहनु हुने सबै प्रति मेरो निवेदन के छ भने म एउटा प्रदेश सभा क्षेत्रबाट प्रतिनिधित्व गरेता पनि सिंगो प्रतिनिधि सभा २ लाइ आफ्नो कर्म क्षेत्र बनाएर विगत जत्तिकै यस क्षेत्रको समग्र विकास र सेवामा सिंगो पार्टी पंक्तिको नेतृत्व गरेर लागि नै रहनेछु ।’

    उनले आफू र वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन आग्रह समेत गरेका छन्।

    उनले फेशबुकमा लेखेका छन्:

    यहाहरु सबैमा नमस्कार !
    मैंले सिन्धुपाल्चोक २ नं. प्रतिनिधि सभा सदस्य उम्मेदवारको रुपमा आफुलाइ तयार गरेको थिएँ र आम मनोविज्ञान पनि रहेको थियो ।
    गठबन्धनका कारण मेरो उम्मेदवारी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा यस पटक रहन सकेन र बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवारको रुपमा आएको छु ।
    अर्को पटक अवश्य प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेर आउनेछु ।
    म प्रतिको सहानुभुति, सद्भाव र सहयोगका लागि आम पार्टी पंक्ति, समर्थक, शुभचिन्तकहरुप्रति हार्दिक नमन गर्दछु ।
    सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं. २ र प्रदेश सभा क्षेत्र नं. २ मा माओवादीको उम्मेदवारी नभएका कारण र त्यस क्षेत्रमा मलाई आफ्नो प्रतिनिधिको रुपमा देख्न चाहनु हुने सबै प्रति मेरो निवेदन के छ भने म एउटा प्रदेश सभा क्षेत्रबाट प्रतिनिधित्व गरेता पनि सिंगो प्रतिनिभि सभा २ लाइ आफ्नो कर्म क्षेत्र बनाएर विगत जत्तिकै यस क्षेत्रको समग्र विकास र सेवामा सिंगो पार्टी पंक्तिको नेतृत्व गरेर लागि नै रहनेछु ।
    म झनै सक्रिय र उर्जाशिल भएर आउनेछु । यहाँहरुको धैर्यता र निरन्तर साथ सहयोगको अपेक्षा गर्दछु ।
    म आफ्नो क्षेत्रको विकास र जनसेवाको सुस्पष्ट योजना तथा बागमती प्रदेश र समग्र राष्ट्रको विकास र समृद्धिको भिजन सहित तपाइहरुको अमूल्य मतको साथ माग्न आएको छु । सहि निर्णय गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।
    यस पटक मलाई र बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन साथ, सहयोग र हौशला प्रदान गरिदिनु हुन यहाँहरु सबैमा विनम्र अनुरोध गर्दछु ।
    हार्दिक अभिवादन सहित धन्यवाद ।
    युवराज दुलाल ‘शरद’, प्रदेश सभा सदस्य उम्मेदवार, सिन्धुपाल्चोक प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ (१)

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस