२०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

सिन्धुपाल्चोकमा ‘हेभिवेट’ भिडन्त, कसले मार्ला बाजी ?

  • २०७९ आश्विन २४, सोमबार मा प्रकाशित ३ साल अघि
  • असोज २४, २०७९

    चौतारा । सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र २ मा कांग्रेसका पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र एमालेबाट पूर्व मन्त्री समेत रहेका शेरबहादुर तामाङबीच रोचक प्रतिस्पर्धा हुने भएकोे छ। दुवै जनाले सो क्षेत्रमा उम्मेदवारी दर्ता गराइसकेका छन्।

    यसअघि शीर्ष नेताको बैठकबाट निश्चित भएका क्षेत्र बाँडफाँडप्रति रुष्ट देखिएका बस्नेतले आफूले क्षेत्र १ मा पाउनुपर्ने दाबी गर्दै आएका थिए । शीर्ष बैठकले जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा माओवादी केन्द्र र २ कांग्रेसलाई दिने निर्णय गरेपछि उनले २ मा र क्षेत्र १ मा माधव सापकोटाले उम्मेदवारी दर्ता गरिसकेका छन् ।

    त्यसैगरी प्रतिनिधि सभा क्षेत्र १ मा एमालेका केन्द्रीय सदस्य सरेश नेपाल र २ मा पूर्वमन्त्री शेरबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

    एमालेको प्रदेश सभातर्फ १ को (क) मा युद्धविक्रम तामाङ र (ख) मा होमनारायण श्रेष्ठ, प्रदेश सभातर्फ २ को (क) मा अमानसिंह तामाङ र (ख) मा हस्त पण्डितले उम्मेद्धारी दर्ता गरे ।

    सत्तागठबन्धनबाट भने संघ र प्रदेश गरी जिल्लाभर ६ सिटमा माओवादी र कांग्रेसले बराबरी लिने केन्द्रको सहमति थियो । सहमतिअनुरुप प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा वाग्मती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्री पौडेल र २ को (क) मा पार्टी पोलिटब्युरो सदस्य तथा वाग्मती प्रदेशका पूर्वमन्त्री युवराज दूलाल शरदले मनोनयन दर्ता गरे ।

    २ को (ख) मा कृष्णकुमार तामाङ र १ को (क) मा मनकुमारी खड्का मसिनाले मनोनयन दर्ता गराएका छन् ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस