२०८३ भाद्र २३, मंगलबार | Tue, 08, Sep, 2026

मुक्ति समाज सिन्धुपाल्चोकको अध्यक्षमा टीकाबहादुर विश्वकर्मा

  • २०७९ भाद्र २७, सोमबार मा प्रकाशित ३ साल अघि
  • भदौ २७, २०७९

    चौतारा । नेपाल उत्पीडित जातिय मुक्ति समाज सिन्धुपाल्चोकको पाँचौ जिल्ला सम्मेलन मेलम्चीमा सम्पन भएको छ । दुई दिनसम्म चलेको सम्मेलनले टीकाबहादुर विश्वकर्माको अध्यक्षतामा ६१ सदस्यीय कार्यसमिति चयन गरेको हो।

    कार्यक्रममा नेकपा एमाले स्यायी कमिटी सदस्य शेबहादुर तामाङले मान्छे–मान्छे बीचको विभेद रहेसम्म समाज परिवर्तन असम्भव रहेको बताए।

    कार्यक्रमका विशेष अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य दावा तामाङले सानो ठूलो भन्ने कोहि नहुने बताए।

    कार्यक्रममा केन्द्रिय अनुसासन आयोगका सदस्य डम्बर अर्याल, प्रदेश कमिटीका नेताहरु, जिल्ला कमिटीका नेताहरु , मुक्ति समाजका नेता र कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।

    संगठनको अध्यक्ष रामबहादुर सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव अर्जुन नेपालीले सञ्चालन गरेका थिए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस