२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

मत गणना कार्य सुरु, मतगणनास्थलमा तारजाली

Thumbnail
  • २०७४ मंसिर २१, बिहिबार मा प्रकाशित ८ साल अघि
  • खबरज्योति
    २१ मंसिर २०७४, सिन्धुपाल्चोक ।

    पहिलो चरणमा निर्वाचन भएको सिन्धुपाल्चोकमा बिहिबार ५ बजेबाट मतगणना सुरु भएको छ ।
    सर्वदलिय बैठक बसिसकेको पछि सहमति गरी अपराह्न ५ बजेदेखि नै मतगणना सुरु गरिएको हो । यतिबेला प्रतिनिधिसभाको मतगणना सुरु भएको छ ।

    गतगणनास्थलमा  तारजाली
    मतगणनालाई विवादरहित बनाउन सुरक्षा व्यवस्था कडा बनाइएको छ । मतगणनास्थलमा  तारजाली राखिएको मूख्य निर्वाचन अधिकृत दिपक खनालले जानकारी दिए । स्थानीय तहको निर्वाचनमा मतगणनामा खटिएका प्रतिनिधिहरुले मतपत्र च्यातेकाले त्यस्तो घटना हुन सुरक्षा व्यवस्था कडा गरिएको हो ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस