२०८३ बैशाख १५, मंगलबार | Tue, 28, Apr, 2026

मेलम्ची खानेपानी आयोजनाको दिगो पानी पथान्तरण गरिने

  • २०७९ जेष्ठ ११, बुधबार मा प्रकाशित ३ साल अघि
  • जेठ ११, २०७९

    चाैतारा । सरकारले मेलम्ची खानेपानी आयोजनाको दिगो पानी पथान्तरण गर्ने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेलम्ची जलाधारको भौगोलिक र नदी आकृति विज्ञानको अध्ययन प्रतिवेदनका आधारमा दिगो पानी पथान्तरण गर्ने बताएकी हुन्।

    उनले भनिन्, ‘मेलम्ची खानेपानी आयोजनाको दिगो पानी पथान्तरणका लागि निकायगत समन्वय गरिनेछ, काठमाडौं उपत्यकाको चक्रपथ बाहिर र भक्तपुरको अरनिको राजमार्ग वरिपरिका स्थानमा खानेपानीको पाइप बिछ्याउन शुरु गरिनेछ।’

    आयोजना शुरु भएको दुई दशकपछि गत चैत १५ मा काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण गर्न थालिएको थियो। पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी वितरण गरिँदै आएको थियो।

    तर गत असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुगेको थियो। क्षति मर्मतपछि मेलम्ची पानी पुन: उपत्यकामा ल्याइएको छ। तर पानी अस्थायी रुपमा मात्रै ल्याइएको छ। वर्षात् शुरु भएपछि उपत्यकामा पानी आउने छैन।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस