२०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

मतदानसँगै कोरोनाविरुद्ध खोप पनि !

  • २०७९ बैशाख २२, बिहिबार मा प्रकाशित ४ साल अघि
  • बैशाख २२, २०७९

    चाैतारा । सरकारले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दिन मतदानस्थलमै कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मतदान केन्द्र नजिक खोप केन्द्र स्थापना गरी कोरोनाविरुद्धको खोप लगाउने जानकारी दिएको हो। मन्त्रालयले बुधवार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. संगीता कौशल मिश्राले कोरोनाविरुद्धको खोप लगाउने बताइन्।

    वैशाख ३० गते मतदान केन्द्र नजिक खोप केन्द्र स्थापना गर्ने र मतदान गरिसकेपछि १८ वर्षभन्दा माथिकालाई पहिलो, दोस्रो र बुस्टर डोज लगाउने बताइन्। खोप लगाउन छुटेका र बुस्टर डोज लगाउन बाँकी रहेकालाई खोप कार्ड लिएर जानसमेत उनले आग्रह गरिन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस