२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

भोटेकोशीकी उपाध्यक्षसहित ५० नेताले छाडे माओवादी (सूचीसहित)

  • २०७९ बैशाख १२, सोमबार मा प्रकाशित ३ साल अघि
  • वैशाख १२, २०७९

    चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा माओवादीबाट उपाध्यक्ष जितेकी दावुटी शेर्पा र गाउँ पार्टी ईन्चार्ज आङछिरी शेर्पासहित ५० जना स्थानीय नेताले पार्टी परित्याग गरेका छन् । उनीहरुले विज्ञप्तिमार्फत् सामूहिक राजीनामा घोषणा गरेका हुन् ।

    पार्टीमा दलालीकरण बढेको र आर्थिक चलखेलका कारण इमानदार कार्यकर्तालाई पाखा लगाउन खोजिएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् । पार्टीमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकोप्रति गुनासो गर्दै पार्टी छाडेको उनीहरुले बताएका छन् ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस