२०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

एमालेले टिकट नदिएपछि भुपेन्द्र श्रेष्ठ कांग्रेस प्रवेश

  • २०७९ बैशाख ११, आईतबार मा प्रकाशित ३ साल अघि
  • वैशाख ११, २०७

    चाैतारा । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठ कांग्रेस प्रवेश गरेका छन् । 

    आज बाह्रबिसेमा भएको एक कार्यक्रममा श्रेष्ठ कांग्रेस प्रवेश गरेका हुन् । २०७४ को स्थानीय चुनावमा उनी एमालेबाट त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए । 

    आज बिहान उनले लामो समयदेखि क्रियाशील रहेको नेकपा एमालेको सदस्यता नै नरहने गरि पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।  

    उनले फेरि गाउँपालिका अध्यक्षमा दाेहाेरिने चाहना राखेका थिए। तर एमालेले टिकट नदिएपछि असन्तुष्ट भएर कांग्रेस प्रवेश गरेका हुन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस