२०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

माओवादीबाट मेलम्ची नगरपालिका मेयर र उपमेयरको सिफारिस

  • २०७८ चैत्र २९, मंगलबार मा प्रकाशित ३ साल अघि
  • चैत्र २९, २०७८

    चाैतारा । नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका मेयर र उपमेयरका उम्मेदवारका लागि सिफारिस गरेको छ ।

    मेलम्ची नगरपालिका मेयर र उपमेयर ३ ३ जनाको नाम सिफारिस गरेको हो।

    सोमबार बसेको नगरपालिकाको बैठकले सर्वसम्मत रुपमा उम्मेदवार चयन गर्न नसकेपछि ३र३ जनाको नाम सिफारिस गरेको केन्द्रीय सदस्य युवराज दुलालले बताए ।

    मेयरका चन्द्रबहादुर थापा, देबेन्द्र घोरासैनी र उदन आले सिफारिस भएको उनले बताए। यस्तै उपमेयरमा मुनादेवी ढकाल, लक्ष्मी ढकाल, मिथिला सिग्देल सिफारिस भएका छन्।

    मेलम्ची नगरपालिकामा यसअघि माओवादी तेस्रो भएको थियो।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस