२०८३ कार्तिक ८, शनिबार | Sat, 24, Oct, 2026

मौलिक चाडपर्वले हाम्रा विविधतालाई जीवित बनाइराख्छ : सभामुख

  • २०७८ फागुन १९, बिहिबार मा प्रकाशित ४ साल अघि
  • फागुन १९, २०७८

    चौतारा । सभामुख अग्निप्रसाद सापकोटाले चाडपर्वले हाम्रा विविधतालाई जीवित बनाइराख्ने विश्वास व्यक्त गरेका छन्।

    ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश दिँदै उनले भनेका छन्, ‘शेर्पा र सांस्कृतिक रुपमा घुलमिल भएका हिमाली समुदायले मनाउने यो ग्याल्पो ल्होसारसँगै आजदेखि नयाँ (बाघ) बर्ष सुरु भएको छ। ग्याल्पो ल्होसारलाई नयाँ बर्षको सुरुवात र महत्वपूर्ण पर्वका रुपमा मनाउने प्रचलन रहेको छ । पारिवारिक जमघट, आफन्त भेटघाट तथा गुथुक, खाप्से लगायतका परिकार खाएर हर्षोल्लासपूर्वक मनाइने यस पर्वले शेर्पा जातिको विशेषता र पहिचान झल्काउँछ।’

    संस्कृति, परम्परा र मान्यताहरुलाई अनुसरण गर्दै मनाइने ग्याल्पो ल्होसार लगायतका चाड पर्वहरुले पारिवारिक अन्तरघुलन, सामाजिक सद्भाव एवं एकता कायम राख्न योगदान पुर्याउने उल्लेख गरेका छन्।

    मौलिक चाड पर्वहरुले हाम्रा विविधतालाई जीवित बनाइराख्न मद्दत पुग्ने विश्वास लिएका छन्। ग्याल्पो ल्होसारले निकटता, सम्मान भाव एवं मजबुत राष्ट्रिय एकताका लागि प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    ↑