२०८३ जेष्ठ २४, आईतबार | Sun, 07, Jun, 2026

मेलम्चीमा ठूला ढुङ्गा फेला परेकाले फुटाउन समस्या (फोटो फिचर)

  • २०७८ फागुन १, आईतबार मा प्रकाशित ४ साल अघि
  • फागुन १, २०७८

    चौतारा । मेलम्ची खानेपानी आयोजनाले चैत्र अन्तिम सातासम्म उपत्यकामा अस्थायी रुपमा पानी ल्याउने तयारीका साथ काम गरिरहेको छ । गत असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडबक्समा क्षति पुर्याउनुका साथै सुरुङमा पनि क्षति पुर्याएको थियो ।

    अहिले मेलम्ची नदीको मुहान सफाइको काम भइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। अहिले सरसफाइका क्रममा ठूला ढुङ्गा फेला परेकाले काममा बाधा सिर्जना भएको उनको भनाइ छ।

    १० दिनसम्म १२ वटा डोजर र २२ वटा ट्रिपरले काम गर्दासम्म हेडबक्स फेला नपरेको उनले बताए। ठूला ढुङ्गाहरु फेला परेकाले फुटाउनलाई अहिले ब्रेकर प्रयोग भइरहेको तर, ब्रेकरले नसकेपछि विस्फोटक पदार्थ प्रयोग गरेर ढुङ्गा फुटाउने योजना रहेको पन्तले बताए ।

    पुनर्निर्माणको जिम्मा पाएको चीनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई विस्फोटक पदार्थ व्यवस्थापन गर्न आग्रह गरिएको उनको भनाइ छ ।

    तस्वीर : गोरखापत्रबाट

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस