२०८३ बैशाख १३, आईतबार | Sun, 26, Apr, 2026

कांग्रेस जिल्ला अधिवेशन फागुन १३ गते

  • २०७८ माघ २८, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • माघ २८, २०७८

    चाैतारा । नेपाली कांग्रेसले जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुन १३ गते अधिवेशन गर्ने निर्णय गरेको छ।

    नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बाँकी जिल्लामा अधिवेशन गर्ने विषयमा बहस भइरहेका बेला कांग्रेस केन्द्रीय निर्वाचन समितिले १६ जिल्लाको अधिवेशन तोकेको हो।

    निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले फागुन १३ अधिवेशन गर्ने तय भएको जानकारी दिए। उनकाअनुसार फागुन १० गतेभित्र अधिवेशन बाँकी वडा र पालिका, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन गरिनेछ।

    पछिल्लो पटक १६ जिल्लाकाे अधिवेशन माघ १५ गतेलाई तोकेपनि कोरोनाका कारण स्थगित गरिएको थियो। सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा जिल्ला अधिवेशन हुन सकेकाे छैन।

    दुई वा दुईभन्दा बढी संघीय निर्वाचन भएका १६ जिल्लाकाे अधिवेशन नभएरै पार्टीकाे १४ औं महाधिवेशन सम्पन्न भइसकेकाे छ। 

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस